Kathmandu Press

श्रीलंकामा दैनिक १० घन्टा लोडसेडिङ

कोलम्बो, चैत १६ : श्रीलंकामा बुधबारदेखि दैनिक १० घण्टा विद्युत कटौती (लोडसेडिङ) हुने भएको छ।देशमा उर्जा सङ्कट उत्पन्न भएकाले देशव्यापी विद्युत कटौती दैनिक रुपमा...
श्रीलंकामा दैनिक १० घन्टा लोडसेडिङ

कोलम्बो, चैत १६ : श्रीलंकामा बुधबारदेखि दैनिक १० घण्टा विद्युत कटौती (लोडसेडिङ) हुने भएको छ।

देशमा उर्जा सङ्कट उत्पन्न भएकाले देशव्यापी विद्युत कटौती दैनिक रुपमा गर्नु परेको अधिकारीहरूले जनाएका छन्।

दुई करोड २० लाख जनसङ्ख्या रहेको दक्षिण एसियाली मुलुक श्रीलङ्कामा आर्थिक सङ्कट चुलिएको छ भने विदेशी मुद्राको अभाव भएको छ।

श्रीलङ्कामा प्रयोग हुने विजुली मध्ये ४० प्रतिशत विजुली जलविद्युत परियोजना मार्फत उत्पादन हुने गरेको छ। जलविद्युत उत्पादनका लागि प्रयोग हुने जलाशय भने अहिले सङ्कटमा रहेका छन्। 

पर्याप्त वर्षा नभएकाले जलाशयमा जल कम भएकाले बिजुली उत्पादन पनि कम भएको अधिकारीहरूको भनाइ छ।  

बाँकी विजुली भने कोइला र तेलबाट उत्पादन गर्ने गरिएको छ। ती दुवै चीज विदेशबाट आयात गर्नु पर्ने र आयातका लागि विदेशी मुद्रा नभएकाले आयात गर्न गाह्रो भएको छ।

कोइला र तेलको कमीका कारण विजुली उत्पादन कम भएकाले विद्युत प्रवाह पनि कटौती गर्नु परेको अधिकारीहरूको भनाइ छ।

प्रकाशित मिति: १५:३५ बजे, बुधबार, चैत १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्