एमालेले माग्याे लुम्बिनीका मुख्यमन्त्री केसीको राजीनामा
बुटवल, चैत १६ : एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा मागेको छ।बुधबार बुटवलमा बसेको एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलको बैठकले लुम्बिनी प्रादेशिक...
बुटवल, चैत १६ : एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा मागेको छ।
बुधबार बुटवलमा बसेको एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलको बैठकले लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा सरकारले नै मिलेमतो गरेर राज्यलाई डेढ अर्ब बढी नोक्सान पुर्याउन खोजिएको भन्दै मुख्यमन्त्री केसीको राजिनामा माग गरेको हो।
एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि दुईवटा निर्माण कम्पनीलाई मात्र प्रतिष्पर्धा गराउने गरि प्रदेश पुर्वाधार विकास प्राधिकरणले स्पेसिफिकेसन तयार गरेर राज्यलाई आर्थिक नोक्सान पुर्याउन खोजेको र मुख्यमन्त्री नै प्राधिकरणका अध्यक्ष रहेकोले राजनीनामा दिनुपर्ने बताए।
उनले आर्थिक मिलेमतो रहेको आशंकापछि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेको राजिनामाले उक्त मिलेमतोलाई पुष्टि गरिदिएको धारणा राखे।
एमालेले केसी मुख्यमन्त्री भएपछि प्रदेश सरकारले एकपछि अर्को विवादास्पद काम गरेका, संघीयताको मर्ममाथि प्रहार र नागरिकमा संघीय शासन प्रणालीप्रति वितृष्णा जगाउने क्रियाकलाप हुँदै आएको आरोप लगाएको छ।
प्रदेशको आवधिक योजनाले प्राथमिकरण गरेका आयोजनामा विनियोजन गरेको बजेट पूर्णतः कटौती गरेर गैरजिम्मेवारीपन देखाइएको एमालेको आरोप छ।











