Kathmandu Press

सत्ता गठबन्धनले एमालेलाई जित्न सक्दैन : ओली

काठमाडाैं, चैत १६ : एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा सत्ता गठबन्धनले एमालेलाई जित्न नसक्ने दाबी गरेका छन्।बुधबार भक्तपुरको सूर्यविनायकमा व्यवसायी दुर्गा प्रसाईंले सञ्चालनमा...
सत्ता गठबन्धनले एमालेलाई जित्न सक्दैन : ओली

काठमाडाैं, चैत १६ : एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा सत्ता गठबन्धनले एमालेलाई जित्न नसक्ने दाबी गरेका छन्।

बुधबार भक्तपुरको सूर्यविनायकमा व्यवसायी दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको कृषि तथा तरकारी बजारको उद्घाटन गर्दै ओलीले निर्वाचनमा गठबन्धन गरे पनि एमालेलाई जित्न सत्तारुढ गठबन्धनले नसक्ने बताएका हुन्।

उनले गठबन्धनको कुरा मानेर निर्वाचन आयोगले मनोनयनका लागि समय लामो राखिएको आरोप पनि लगाए। मनोनयन एक हप्ता गराए पनि एमालेलाई कुनै फरक नपर्ने उनको भनाइ छ।

त्यस्तै अध्यक्ष ओलीले सत्ता गठबन्धनलाई लोभीपापीहरूको गठबन्धनको संज्ञा दिँदै गठबन्धन लामो समय टिक्न नसक्ने तर्क गरे। एमाले नेतृत्वको सरकारले बिकासका धेरै काम गरेको भन्दै वर्तमान सरकारले भने कुनै काम गर्न नसकेको उनले बताए।

कार्यक्रममा विभिन्न दलका कार्यकर्तालाई अध्यक्ष ओलीले एमाले प्रवेश गराएका थिए। 

प्रकाशित मिति: १५:१२ बजे, बुधबार, चैत १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्