Kathmandu Press

महामारीको सामनाका लागि बिमस्टेक राष्ट्रले संयुक्त तयारी गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं, चैत १६ : प्रधानमन्त्री शेरबहादुर देउवाले महामारी र विपद्को सामना गर्नका लागि बिमस्टेक सदस्य राष्ट्रहरुले संयुक्त तयारी गर्नुपर्ने बताएका छन्। श्रीलंकामा जारी बिमस्टेकको पाँचौ...
महामारीको सामनाका लागि बिमस्टेक राष्ट्रले संयुक्त तयारी गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं, चैत १६ : प्रधानमन्त्री शेरबहादुर देउवाले महामारी र विपद्को सामना गर्नका लागि बिमस्टेक सदस्य राष्ट्रहरुले संयुक्त तयारी गर्नुपर्ने बताएका छन्। 

श्रीलंकामा जारी बिमस्टेकको पाँचौ सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीका कारण बिमस्टेक सदस्य राष्ट्रहरुलाई  समस्या परेको र पुनस्थापनाका लागि संयुक्त प्रयास आवश्यक रहेको बताएका छन्। 

प्रधानमन्त्री देउवाले महामारीका कारण लाखौं नागरिकले ज्यान गुमाएको, गरिबी र बेरोजगारीको समस्या बढेका कारण पुनस्थापनाका लागि संयुक्त प्रयास गर्नुपर्ने बताएका हुन्।

कोरोना महामारीजस्तै भविष्यमा आउनसक्ने अन्य महामारी र विपद्को सामनाका लागि पनि सदस्य राष्ट्रहरुले संयुक्त रुपमा तयारी गर्नुपर्ने प्रधानमन्त्रीको भनाई छ। त्यसका लागि सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए। 

प्रकाशित मिति: १४:१९ बजे, बुधबार, चैत १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्