टी–२० क्रिकेट : मलेसियाले नेपाललाई दियो ११५ रनको सामान्य लक्ष्य
काठमाडौं, चैत १६ : त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा मलेसियाविरुद्ध नेपालले उत्कृष्ट बलिङ गरेको छ। टियु मैदानमा जारी खेलमा नेपालले कसिलो बलिङ गरेपछि मलेसियाले...
काठमाडौं, चैत १६ : त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा मलेसियाविरुद्ध नेपालले उत्कृष्ट बलिङ गरेको छ। टियु मैदानमा जारी खेलमा नेपालले कसिलो बलिङ गरेपछि मलेसियाले नेपालाई ११५ रनको सामान्य लक्ष्य दिएको छ।
टियू मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो। उसका लागि जुबाइदी जुल्कीफ्लेले १५ बलमा सार्वधिक ३२ रन बनाउँदा कप्तान अहमद फइजले २४ र मुहम्मद अमीरले १६ रन बनाए।
मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालकाकप्तान सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिए। करणले ३ ओभरमा १६ रन खर्चिए भने सन्दीपले २७ रन खर्चिए । यस्तै, अविनाश बोहरा, कशुल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।
प्रकाशित मिति: १४:१५ बजे, बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











