Kathmandu Press

टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु भएपछि तनावग्रस्त सुन्दरीजल (तस्बिरहरु)

स्थानीय वर्ल्ड युथ इन्टरनेश्नल स्कुलमा अध्ययनरत सृष्टी र श्रेया घिसिङको टिपरको ठक्करबाट मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको हो।
टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु भएपछि तनावग्रस्त सुन्दरीजल (तस्बिरहरु)

काठमाडौं, चैत १६ : टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु भएपछि काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल क्षेत्रमा तनाव उत्पन्न भएको छ ।स्थानीय वर्ल्ड युथ इन्टरनेश्नल स्कुलमा अध्ययनरत सृष्टी र श्रेया घिसिङको टिपरको ठक्करबाट मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको हो।

बुधबार बुवा रोहन तामाङसँग मोटरसाइकलमा विद्यालय जाँदै गरेका बालिकालाई बा ४ ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएको थियो। प्रत्यक्षदर्शीका अनुसार ठक्कर दिएपछि टिपर चालकले पुनः ब्याक गरेर दुई बालिकालाई किचेको थियो। दुर्घटनाबाट रोहन तामाङ गम्भिर घाइते भएका छन्। उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ।

घटनापछि आक्रोशित स्थानीयले टिपर तोडफोड गरेका छन्। संगै आएको अर्को टिपरमाथि पनि स्थानीयले तोडफोड गरेका छन्। चालकको लापरावाहीका कारण दुर्घटना भएको र बालिकाको मृत्यु भएको भन्दै स्थानीय प्रदर्शन गरेका हुन । स्थानीयको प्रदर्शन बढ्दै गएपछि सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ।

प्रकाशित मिति: १३:४५ बजे, बुधबार, चैत १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्