Kathmandu Press

युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा १२ जनाको मृत्यु

किभ, चैत १६ : युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ।रुसको सुरक्षा फौजले गरेको सो हवाई आक्रमणमा...
युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा १२ जनाको मृत्यु

किभ, चैत १६ : युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ।

रुसको सुरक्षा फौजले गरेको सो हवाई आक्रमणमा परी अरु ३३ जना घाइते समेत भएको अधिकारीहरूले जनाएका छन्।

युक्रेनको दक्षिणपूर्वी क्षेत्रमा पर्ने माइकोलायीभ सहरमा घटना भएको युक्रेनको आन्तरिक मामिला मन्त्रालयले मङ्गलबार जनाएको छ।

स्थानीय समय अनुसार बिहान ८।४५ मा हवाई आक्रमण भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन्। आक्रमणका कारण झण्डै नौ भवनमा क्षति पुगेको पनि अधिकारीहरूले जनाएका छन्।

घटनास्थलबाट १८ जनालाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ। घटनास्थलमा खोजी तथा उद्धार कार्य पनि जारी रहेको समेत अधिकारीहरूले जनाएका छन्। 

प्रकाशित मिति: १२:४० बजे, बुधबार, चैत १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्