Kathmandu Press

भारतमा ढलको लाइनमा फसेर ४ जनाको मृत्यु

भारतमा ढलको लाइनमा फसेर ४ जनाको मृत्यु

नयाँ दिल्ली, चैत १६ : भारतको दिल्लीमा ढलको लाइनमा खसेर चार जनाको मृत्यु भएको दिल्ली फायर सर्भिसका वरिष्ठ अधिकारीले बुधबार पुष्टि गरेका छन्।

ती श्रमिकहरू पश्चिम दिल्लीको रोहिणी क्षेत्रमा सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी महानगर टेलिफोन निगम लिमिटेडको टेलिफोन र ब्रोडब्यान्ड केबल बिछ्याउँदै थिए।

दुर्घटना मंगलबार साँझ भएको थियो भने उद्धार कार्य रातभर जारी रहेको  थियो ।

प्रकाशित मिति: १२:३६ बजे, बुधबार, चैत १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्