Kathmandu Press

नेपालका लागि अमेरिकाको राजदूतमा थम्सन प्रस्तावित

काठमाडाैं, चैत १६ : अमेरिकाका राष्ट्रपति जोसेफ वाइडेनले नेपालका लागि राजदूतमा डिन आर थम्सनलाई प्रस्ताव गरेका छन् । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा...
नेपालका लागि अमेरिकाको राजदूतमा थम्सन प्रस्तावित

काठमाडाैं, चैत १६ : अमेरिकाका राष्ट्रपति जोसेफ वाइडेनले नेपालका लागि राजदूतमा डिन आर थम्सनलाई प्रस्ताव गरेका छन् । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा नेपालका लागि राजदूतमा थम्सनलाई नियुक्त गर्न राष्ट्रपतिले प्रस्ताव गरेको उल्लेख गरिएको छ । 

लामो समय परराष्ट्र सेवामा कार्यरत थम्सनले सन् २०२१ को सेप्टेम्बर १५ देखि अमेरिकाको परराष्ट्र सेवामा दक्षिण तथा मध्य एसियाका लागि मुख्य सहायकमन्त्रीको भूमिकामा कार्यरत रहेका थिए । उनको  नियुक्तिलाई सिनेटले अनुमोदन गरेपछि नेपालका लागि राजदूत नियुक्त हुने व्यवस्था रहेको छ। 

परराष्ट्र सेवामा लामो समय काम गरेका थम्सनको राजदूतको भूमिकामा नियुक्त भएको पहिलोपटक हो । यस अगाडि उनीसँग मलेसियाको राजधानी क्वालालम्पुरमा चिफ अफ मिशन भएर काम गरेको अनुभव रहेको छ । यसअघि रोमानियाका लागि उपनियोग प्रमुख भएर काम गर्नुभएका थम्सनले विभिन्न पदमा रहेर भारत, श्रीलङ्कालगायत देशमा पनि बस्नुभएको स्टेट डिपार्टमेन्टमा रहेको उनको व्यक्तिगत विवरणमा उल्लेख गरिएको छ। 

अमेरिकी विदेशमन्त्रीहरुलाई सिधा सहयोग, चौबिसै घण्टा खुला हुने अपरेशन सेन्टर लगायतका विभिन्न इकाइमा बसेर देश सेवा गरेका थम्सनले परराष्ट्र सेवाभन्दा अघि रक्षा मन्त्रालय मातहत रहेर काम गरेको अनुभवसमेत रहेको छ। 

युनिभर्सिटी अफ मेरिल्यान्डको पब्लिक अफेयर्सबाट सार्वजनिक व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले नेशनल सेक्युरिटी स्टडीमा स्नातकोत्तर उपाधि ग्रहण गरेका छन्।  

प्रकाशित मिति: १२:२६ बजे, बुधबार, चैत १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्