सर्वोच्च अदालतकाे न्यायाधीशमा नियुक्त श्रेष्ठले लिए शपथ
काठमाडाैं, चैत १६ : सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्।बुधबार सर्वोच्चमा कानुनमन्त्री दिलेन्द्र प्रसाद बडूको उपस्थितिमा कामु प्रधानन्यायाधीश...
काठमाडाैं, चैत १६ : सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बुधबार सर्वोच्चमा कानुनमन्त्री दिलेन्द्र प्रसाद बडूको उपस्थितिमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले श्रेष्ठलाई शपथ खुवाएका हुन्। कार्यक्रममा सर्वोच्चका अन्य न्यायाधीशलगायतको उपस्थिति थियो।
यसअघि मंगलबार संसदीय समितिबाट नाम अनुमोदन भएलगत्तै श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायाधीशमा नियुक्त गरेका थिए।
विराटनगर उच्च अदालतका न्यायाधीश रहेका श्रेष्ठ फागुन ६ मा सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएका थिए।
प्रकाशित मिति: १२:२३ बजे, बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











