लोसपाको केन्द्रीय कार्यकारिणी बैठक बस्दै, चुनावी तयारीबारे छलफल हुने
काठमाडौं, चैत १६ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकािरणी समितिको बैठक आज बस्दै छ । बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बैठक...
काठमाडौं, चैत १६ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकािरणी समितिको बैठक आज बस्दै छ । बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बैठक बोलाइएको छ।
बैठकमा समसामयिक राजनीतिक अवस्था र स्थानीय तहको निर्वाचनबारे छलफल हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिएका छन्। उनका अनुसार स्थानीय तहको निर्वाचनमा पार्टीको रणनीति र घोषणापत्र लगायतका विषयमा छलफल हुनेछ।
लोसपाका नेताहरू सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलमा रहेको चर्चा पनि चलेको छ।
प्रकाशित मिति: १०:५९ बजे, बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











