Kathmandu Press

टी-२० श्रृङ्खलामा नेपाल र मलेसिया भिड्दै

काठमाडौं, चैत १६ : टी-२० शृङ्खलाअन्तर्गत आज नेपाल र मलेसिया प्रतिस्पर्धा गर्न लागेका छन्।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज मध्याह्न १२ः३० बजे नेपाल...
टी-२० श्रृङ्खलामा नेपाल र मलेसिया भिड्दै

काठमाडौं, चैत १६ : टी-२० शृङ्खलाअन्तर्गत आज नेपाल र मलेसिया प्रतिस्पर्धा गर्न लागेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज मध्याह्न १२ः३० बजे नेपाल र मलेसियाको खेल हुनेछ। प्रतियोगिताको आज तेस्रो खेल हो।

यअसघि भएका दुई खेलमा नेपाल र मेलसियाले जित हासिल गरेका छन्। पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको थियो भने दोस्रो खेलमा मंगलबार मलेसियाले पपुवा न्युगिनीलाई पराजित गरेको थियो।

नेपाल र मलेसिया ११ महिनापछि प्रतिस्पर्धा गर्न लागेका हुन्। अहिलेसम्म नेपाल र मलेसियाबीच भएका ६ खेलमा नेपालले पाँच र मलेसियाले एक खेल जितेको छ।

 

प्रकाशित मिति: ०८:३४ बजे, बुधबार, चैत १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्