Kathmandu Press

आईपीएल: हैदरावादमाथि राजस्थानको सानदार जित

काठमाडौं, चैत १६ : आईपीएलको १५औं संस्करणमा राजस्थान रोयल्सले विजयी सुरुआत गरेको छ।राजस्थानले सनराइजर्स हैदरावादमाथि ६१ रनको सानदार जित निकाल्यो। पुनेमा पहिला ब्याटिङ...
आईपीएल: हैदरावादमाथि राजस्थानको सानदार जित

काठमाडौं, चैत १६ : आईपीएलको १५औं संस्करणमा राजस्थान रोयल्सले विजयी सुरुआत गरेको छ।

राजस्थानले सनराइजर्स हैदरावादमाथि ६१ रनको सानदार जित निकाल्यो। पुनेमा पहिला ब्याटिङ गर्दै राजास्थानले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको सनराइजर्स हैदरावादले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १४९ रन मात्र बनाउन सक्यो।

राजनस्थानका लागि एइडन मक्रमले ५७ रन बनाए। उनले ४१ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

यस्तै, वासिङ्टन सुन्दरले १४ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४० रन बनाए भने रोमियो सेफर्डले २४ रन बनाए। त्यबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

हैदरावादलाई सस्तैमा रोक्ने क्रममा राजस्थानका युजभेन्द्र चहल, प्रसिद्ध कृष्ण र ट्रेन्ट बोल्डले उत्कृष्ट बलिङ गरे। चहलले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए भने बोल्ट र कृष्णले समान २ विकेट लिए। बोल्टले ४ ओभरमा २३ रन खर्चिँदा कृष्णले १६ रन मात्र खर्चिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले कप्तान सन्जु सामसनको विस्फोटक ब्याटिङ मद्दतमा ६ विकेट गुमाउँदै २१० रन बनायो। सामसनले २७ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ५५ रन बनाए।

यस्तै, देवदत्त पाडिकलले २९ बलमा ४१ रन बनाउँदा जोस बट्लरले ३५, सिमरन हेटमेयरले ३२ र यजस्वी जैसवालले २० रनको योगदान दिए। हैदरावादनका उमरान मलिक र थंगरसन नटराजनले समान २ विकेट लिए।

प्रकाशित मिति: ०६:३३ बजे, बुधबार, चैत १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्