चीनले अफगानिस्तानलाई कठिन अवस्थाबाट पार हुन सहयोग गर्ने
बेइजिङ, चेत १५ : अफगानिस्तानको असल छिमेकी र संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को स्थायी सदस्य भएको नाताले चीनले अफगानिस्तानको शान्तिपूर्ण पुनः स्थापनाका लागि...
बेइजिङ, चेत १५ : अफगानिस्तानको असल छिमेकी र संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को स्थायी सदस्य भएको नाताले चीनले अफगानिस्तानको शान्तिपूर्ण पुनः स्थापनाका लागि सक्दो धेरै भूमिका निर्वाह गर्ने बताएको छ।
यसै सन्दर्भमा चीनकापरराष्ट्र मन्त्री वाङ यीले ३० देखि ३१ तारिखसम्म चीनको आन ह्वै प्रान्तको थुन्सीमा छिमेकी मुलुक अफगानिस्तानको मन्त्री स्तरीय सम्मेलनमा सहभागिता जनाउने र अफगानिस्तानको शान्तिका लागि छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
अफगान संक्रमणकालीन सरकार गठन भएपछि चीनका उच्च पदाधिकारीले त्यहाँको भ्रमण गर्नुभएको यो पहिलो पटक हो। त्यसबाट के प्रमाणित गरिएको छ भने चीनले अफगानिस्तानको शान्तिपूर्ण पुनःस्थापनाका लागि सकारात्मक प्रयास गर्नुका साथै युद्धग्रस्त अफगानिस्तान छिटोभन्दा छिटोगरी राम्रो हुँदै जाने आशा पनि गरेको छ।
चीन अफगानिस्तान राम्रो हुने अपेक्षा लिएको साँचो मित्र हुनुका साथै विश्व शान्तिको संरक्षण गर्नका लागि सकारात्मक सोचसहित अघि बढेको विश्व शक्ति राष्ट्र भएको पनि चिनियाँ अधिकारीले बताएका छन्।












