Kathmandu Press

मकवानपुरमा स्थानीय निर्वाचन सुरक्षा तयारी

हेटाैंडा, चैत १५ : स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन त्यसलाई लक्षित गरी मकवानपुरको आन्तरिक सुरक्षा योजना बनाइएको छ। जिल्लाका १६५ निर्वाचन...
मकवानपुरमा स्थानीय निर्वाचन सुरक्षा तयारी

हेटाैंडा, चैत १५ : स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन त्यसलाई लक्षित गरी मकवानपुरको आन्तरिक सुरक्षा योजना बनाइएको छ। जिल्लाका १६५ निर्वाचन स्थललाई तीन भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको छ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार निर्वाचनका लागि १९ अतिसंवेदनशील, ६० संवेदनशील र ८६ सामान्य गरी मतदानस्थललाई विभाजन गरिएको छ। राक्सिराङ, कैलाश, वाग्मती र बकैया गाउँपालिकाका केही मतदानस्थललाई अतिसंवेदनशीलमा राखिएको उनले बताए। जिल्लामा ३५९ निर्वाचन केन्द्र रहेका छन्।

Hardik ivf

विगतको निर्वाचनको समीक्षासहित सञ्चार र यातायातको पहुँचका आधारमा प्रशासनले केन्द्र विभाजन गरेको हो। यसै हप्ताभित्र निर्वाचन स्थल तथा केन्द्रका लागि आवश्यक पर्ने तयारी गरिने प्रजिअ पाण्डेले बताए। सङ्घीय सरकारले स्थानीय तहको निवार्चनको एकीकृत सुरक्षा नीति तयारी गरिसकेकाले काम गर्न सहज हुने जानकरी दिँदै उनले मतदानस्थलको संवेदनशीलताका आधारमा विशेष सुरक्षा योजना बनाएर लागू गरिने बताए।

'निर्वाचनलाई मध्यनजर गरी राजनीतिक दलसँग निन्तर संवाद र छलफल भइरहेको छ,' उनले भने।

प्रकाशित मिति: २०:४५ बजे, मंगलबार, चैत १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्