आगामी बजेट भोटमुखी नभएर जनमुखी आउँछ : अर्थमन्त्री
काठमाडौं, चैत १५ : अर्थमन्त्री जनार्दन शर्माले सरकारले मुलुकको कृषि व्यवसाय, कृषकको जीवनस्तर सुधार्ने सन्दर्भमा र रोजगारी सिर्जना गर्ने सन्दर्भमा गृहकार्य गरिरहेको बताएका...
काठमाडौं, चैत १५ : अर्थमन्त्री जनार्दन शर्माले सरकारले मुलुकको कृषि व्यवसाय, कृषकको जीवनस्तर सुधार्ने सन्दर्भमा र रोजगारी सिर्जना गर्ने सन्दर्भमा गृहकार्य गरिरहेको बताएका छन् ।
नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले संयुक्तरूपमा आयोजना गरेको ‘नेपालको वर्तमान आर्थिक अवस्था र आगामी बजेट’ विषयक कार्यक्रममा उनले आगामी आर्थिक वर्षको बजेट तयारी गर्दै गरेको सरकारले मुलुकको कृषि व्यवसाय, कृषकको जीवनस्तर सुधार्ने सन्दर्भमा र रोजगारी सिर्जना गर्ने सन्दर्भमा कसरी काम गर्न सकिन्छ भनेर लागि रहेको बताएका हुन् ।
अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट भोटमुखी नभएर जनमुखी र व्यवहारमुखी ल्याउन लागेको बताए । अर्थमन्त्री शर्माले अहिलेको आर्थिक कठिन अवस्था आन्तरिक कारणले नभएर बाह्य कारणले आएको पनि बताए ।
शक्ति राष्ट्र रुस र युक्रेन युद्धको प्रभाव अहिले विश्वमा कसले कमाउने र कसले गुमाउने भन्ने प्रतिस्पर्धा चलिरहेको र सोको दबाब नेपालले समेत भोग्नु परिरहेको उनको भनाई छ ।











