Kathmandu Press

चैत २२ का लागि निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

काठमाडौं, चैत १५ : निर्वाचन आयोगले चैत २२ गतेका लागि सर्वदलीय बैठक बोलाएको छ । निर्वाचन आचारसंहिता लागू गर्ने लगायत विषयमा दलहरुको सुझाव लिन...
चैत २२ का लागि निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

काठमाडौं, चैत १५ : निर्वाचन आयोगले चैत २२ गतेका लागि सर्वदलीय बैठक बोलाएको छ । 

निर्वाचन आचारसंहिता लागू गर्ने लगायत विषयमा दलहरुको सुझाव लिन बैठक बोलाएको आयोगले जनाएको हो । 

चैत २५ गतेपछि आचारसंहिता लगाउने आयोगको तयारी छ । स्थानीय तह निर्वाचन वैशाख ३० गतेका लागि तय भएको छ । 

उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते गराउने आयोगको कार्यतालिका रहेको छ ।

प्रकाशित मिति: २०:२४ बजे, मंगलबार, चैत १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्