Kathmandu Press

प्रहरीका ३६ डीएसपीको सरुवा, को कहाँ पुगे ? 

प्रहरीका ३६ डीएसपीको सरुवा, को कहाँ पुगे ? 

काठमाडौं, चैत १५ : प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३६ प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सोमबार साँझ डीएसपीहरूको सरुवा गरेका हुन् ।

सरुवा सूची अनुसार इलाका प्रहरी कार्यालय, काँकडभिट्टामा ज्ञानकुमार महतो, इलाका प्रहरी कार्यालय, दमकमा दिलिपकुमार गिरी र इलाका प्रहरी कार्यालय अनारमनीमा रुँगमबहादुर कुँवर पठाइएका छन् ।

यस्तै इलाका प्रहरी कार्यालय, पथरीमा वेदप्रसाद गौतम, महानगरीय प्रहरी वृत्त, जनसेवामा शालिकग्राम शर्मा र महानगरीय प्रहरी वृत्त, ठिमीमा हनिनन्दन चौधरी पठाईएको छ । 


 

प्रकाशित मिति: २०:११ बजे, मंगलबार, चैत १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्