Kathmandu Press

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ? 

काठमाडौं, चैत १५ : बिभिन्न निर्णय गर्दै सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सकिएको छ । बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेका बिभिन्न...
कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ? 

काठमाडौं, चैत १५ : बिभिन्न निर्णय गर्दै सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सकिएको छ । बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेका बिभिन्न प्रस्तावमाथी छलफल गर्दै सर्वसम्मतीले पारित गरेको छ । 

जसमा कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ बमोजिम देशव्यापी रुपमा नेपाली कांग्रेसको सदस्यता र नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने,  विधानको धारा २४ (२) बमोजिम २०७८ फाल्गुण ३ गते सम्पन्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेका निर्णयहरु अनुमोदन गर्ने र स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने लगायतका निर्णयहरु गरेको कांग्रेसले जनाएको छ । 

पार्टीले संचालन गरेको स्थानीय तह निर्वाचन केन्द्रीत ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानले नेपाली कांग्रेस पार्टीको विजयको आधारलाई थप व्यापक र मजवुत बनाउँदै लगेकोमा अझै थप उत्साह साथ निर्वाचन अभियानमा जुट्न नेपाली कांग्रेस सम्पूर्ण पार्टी पंक्तिलाई अपिल पनि गरेको छ । 

गत चैत ११ गतेदेखि शुरु भएको बैठक आज सकिएको हो । 

प्रकाशित मिति: १९:३१ बजे, मंगलबार, चैत १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्