भन्सार एजेन्टको परीक्षा सञ्चालनको लागि बाटो खुल्यो

काठमाडौं, चैत १५ : उच्च अदालत पाटनले भन्सार एजेन्टको परीक्षा सञ्चालनका लागि बाटो खुलाएको छ ।
परीक्षा स्थगित गर्न माग गर्दै परेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने फैसला सुनाएकोसँगै परीक्षा सञ्चालनको बाटो खुलेको हो।
आरक्षण व्यवस्था नगरिएको भन्दै क्रिष्टिना थैवले भन्सार विभागविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन्। थैवले भन्सार एजेन्ट सम्बन्धी सो विज्ञापनमा आरक्षण कोटा राख्नुपर्ने भन्दै माग गरेकी थिइन्।
न्यायधीशद्वय श्रीमणकुमार गौतम र महेन्द्रनाथ उपाध्यायले भन्सार ऐन २०६४ र नियमावलीमा आरक्षण सम्बन्धी कुनै व्यवस्था नभएको एवं निवेदकले उक्त सूचना अनुरूप आवेदन दिएको भनि निवेदनमा नै उल्लेख गरेको निवेदन माग बमोजिम विपक्षीहरूको नाममा अन्तरिम जारी गरिरहनु नपर्ने फैसला गरेका हुन्।
प्रकाशित मिति: १९:१२ बजे, मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











