कांग्रेस निर्वाचन परिचालनको संयोजकमा खड्का
काठमाडौं, चैत १५ : नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन परिचालनको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएको छ । मंगलबार केन्द्रीय समिति बैठकको...
काठमाडौं, चैत १५ : नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन परिचालनको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएको छ ।
मंगलबार केन्द्रीय समिति बैठकको स्थानीय तह निर्वाचन केन्दीय परिचालन समिति गठन गरिएको र त्यसको संयोजकमा उपसभापति खड्कालाई तोकिएको जनाएको हो ।
त्यस्तै निर्वाचन प्रचार प्रसार समिति संयोजकमा प्रवक्ता डा. प्रकाशशरण महत नै चयन भएका छन् । सदस्यहरु सभापति देउवाले आपसी सहमतिमा चयन गर्नेछन् ।
प्रकाशित मिति: १८:४५ बजे, मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











