Kathmandu Press

सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त

काठमाडाैं, चैत १५ : सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त भएका छन्। उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश श्रेष्ठ मंगलबार सवाेच्चकाे न्यनयनधीशमा नियुक्त भएका...
सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त

काठमाडाैं, चैत १५ : सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त भएका छन्। उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश श्रेष्ठ मंगलबार सर्वाेच्चकाे न्यनयनधीशमा नियुक्त भएका हुन्।

उनलाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान धारा १२९ को उपधारा २ बमोजिम सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी हुन्।

यसअघि मंगलबार नै संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम नियुक्तिका लागि सर्वसम्मत अनुमोदन गरेको थियो।

गत २६ फागुनमा बसेको न्यायपरिषदको बैठकले श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

प्रकाशित मिति: १८:४३ बजे, मंगलबार, चैत १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्