नाट्टामा सत्तारुढ गठबन्धनबाट अध्यक्षमा रमेश थापाको उम्मेदवारी
काठमाडौं, चैत १५ : नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आसन्न निर्वाचनमा रमेश थापाले प्यालनसहित उम्मेदवारी घोषणा गरेका छन्।चैत १७...
काठमाडौं, चैत १५ : नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आसन्न निर्वाचनमा रमेश थापाले प्यालनसहित उम्मेदवारी घोषणा गरेका छन्।
चैत १७ गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट थापाले प्यालनसहित उम्मेदवारी घोषणा गरेका हुन्। सत्तारुढ दल निकट नेपाल पर्यटन परिषद्, पर्यटन व्यवसायी संघ, नेपाल पर्यटन व्यवसायी संघ र नेपाल पर्यटन संघले संयुक्त रुपमा नाट्टाको निर्वाचनका लागि प्यानल घोषणा गरेका हुन्। यो समूहले मंगबार एक कार्यक्रमबीच उम्मेदवारी घोषणा गरेको हो ।
कार्यक्रममा अध्यक्षका प्रत्यासी थापाले पर्यटन उद्योगलाई राष्ट्रिय उद्योगका रुपमा मान्यता दिलाउन पहल गर्न आफूले उम्मेदवार दिएको बताए । उनले कोभिड महामारीले प्रभावित व्यवसायीहरुलाई पाँच वर्ष कर छुट गर्न पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

‘आन्तरिक पर्यटनलाई थप बढावा दिनका लागि सरकारले बजेटमार्फत नै घोषणा गरेको पेड होलिडेजको नीति कार्यन्वयनमा ल्याउन पहल गर्नेछु,’ अध्यक्षका उम्मेदवार थापाले भने, ‘नाट्टालाई राष्ट्रकै पर्यटन सल्लाहकारको रुपमा उभ्याउन पर्यटन विकासका थप सम्भावनाहरु अध्ययन र अनुसन्धानका लागि रिसर्च डिपार्टमेन्ट स्थापना गरिनेछ।’
यस्तै, वरिष्ठ उपाध्यक्षका प्रत्यासी प्रमोद दहालले आन्तरिक र वाह्य पर्यटकमार्फत मुलुकको पर्यटन क्षेत्रको प्रवर्द्धनलक्षित योजनालाई प्राथमिकता दिइने बताए । उनले विदेशी पर्यटकलाई प्याकेज बिक्री गरेर विदेशी मुद्राको निश्चित प्रतिशत रिवेट व्यवसायीलाई पनि दिलाउन पनि आफूहरुले पहल गर्ने बताए ।
पर्यटन प्याकेज वितरण गर्दा दिइँदै आइएको भ्याट छुटलाई निरन्तरता दिन आफ्नो समूह लाग्ने महासचिवका उम्मेदवार कुमार ममिण थापलियाले बताए । उलने विदेशी पर्यटकको संख्या बढाउन दक्षिण एसियामा रहेका विभिन्न मुलुकसँग एयर कनेक्टिभिटी विस्तार गर्ने योजना आफूहरुको रहेको बताए ।
यस्तै, सदस्यकी उम्मेदवार श्रद्धा श्रेष्ठले आन्तरिक पर्यटनलाई थप बढावा दिनका लागि सरकारले बजेटमार्फत नै घोषणा गरेको पेड होलिडेजको नीति कार्यन्वयनमा ल्याउन पहल बताइन्। उनले सातैवटा नाट्टा प्रदेश सदस्यको नेतृत्व तथा व्यक्तित्व विकास, क्षमता अभिवृद्धि पुनर्ताजगी तालिम गरिनुका साथै हरेक प्रदेशमा नयाँ पर्यटकीय गन्तव्यहरु पहिचान गरिने बताइन्।
थापा समूहबाट वरिष्ठ उपाध्यक्षमा प्रमोद दाहाल, उपाध्यक्षमा वरुण मेहता र महासचिवमा कुमारमढी थपलिया उम्मेदवारी घोषणा गरेका छन्। यस्तै, सचिवमा युविका भण्डारी, कोषाध्यक्षमा राजकुमार देवकोटा, सहकोषाध्यक्षमा राजा शाक्यले उम्मेदवारी दिएका छन्। थापा समूहबाट सदस्यमा ढकनाथ काफ्ले, नमराज भेटवाल, परशुराम घिमिरे, डेन्डी शेर्पा, राम शोभित नायक, महेश कोइराला, श्रद्धा जोशी, सवला भण्डारीले उम्मेदवारी दिएका छन्।
बिहीबार हुने निर्वाचनमा रमेश थापा समूह र विनय बस्नेत समूहबीच प्रतिस्पर्धा हुने भएको छ। बस्नेतले प्रमुख प्रतिपक्षी दल एमाले निकट व्यवसायीका प्यानलसहित उम्मेदवार बनेका हुन्। थापा हाल नाट्टा कार्यसमितिको वरिष्ठ उपाध्यक्ष हुने र बस्नेत उपाध्यक्ष हुन् ।











