Kathmandu Press

तनहुँमा डिजेल बोकेको ट्यांकर पल्टियो, चुहिएको तेल भर्न स्थानीयको तँछामछाड

सडकमा डिजेल बोकेको ट्यांकर पल्टिएपछि स्थानीय भने ग्यालिन र बाल्टिन बोकेर ट्यांकरबाट चुहिएको तेल थाप्न पुगेका छन्।
तनहुँमा डिजेल बोकेको ट्यांकर पल्टियो, चुहिएको तेल भर्न स्थानीयको तँछामछाड

काठमाडौं, चैत १५ :  तनहुँमा इन्धन बोकेको ट्यांकर दुर्घटना भएको छ। बाराको अमलेखगञ्जबाट २० हजार लिटर डिजेल बोकेर पोखरा जाँदै गरेको  ट्यांकर तनहुँको बन्दीपुर गाउँपालिका नयाँबस्तीमा दुर्घटनामा परेको हो। 

नेपाल आयल निगमका अनुसार ना ८ ख ०३२६ नम्बरको ट्यांकर सडक छेउको खोल्सा नजिक पल्टिएको हो। दुर्घटनामा मानवीय क्षति भने नभएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन्। 

सडकमा डिजेल बोकेको ट्यांकर पल्टिएपछि स्थानीय भने ग्यालिन र बाल्टिन बोकेर ट्यांकरबाट चुहिएको तेल थाप्न पुगेका छन्। पल्टिएको ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न उपस्थित भिडहरु तँछाडमछाड गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

निगमले भने अति प्रज्वलनशील पदार्थ भएका कारण तेल नउठाउन आग्रह गरेको छ। 

प्रकाशित मिति: १७:४४ बजे, मंगलबार, चैत १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्