Kathmandu Press

परराष्ट्रमन्त्री  खड्का र भारतका विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री  खड्का र भारतका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं, चैत १५ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को १८औँ मन्त्रिस्तरीय बैठकमा भागलिने सिलसिलमा श्रीलङ्काको कोलम्बोमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना भारतीय समकक्षी सुव्रमन्यम् जयशङ्करसँग भेटवार्ता गरेका छन्। 

त्यस अवसरमा उनीहरूबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो । आगामी शुक्रबारदेखि प्रधानमन्त्री शेरबहादुर देउवाले गर्न लागेको भारतको औपचारिक भ्रमणको जारी तयारीका बारेमा पनि दुवै देशका विदशेमन्त्रीबीच छलफल  भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसैबीच, भारतका बाह्यमामिलामन्त्रीले परराष्ट्रमन्त्री खड्कासँगको भेटमा भारत–नेपाल सम्पर्क सञ्जाल विस्तार, विद्युत् व्यापार, मलखाद आपूर्ति, ऊर्जा र स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्नेबारेमा छलफल भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। उनले रामायण परिपथलाई अघि बढाउन आफूहरूबीच सहमति भएको पनि उल्लेख गरेका छन्। 

प्रकाशित मिति: १७:२५ बजे, मंगलबार, चैत १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्