Kathmandu Press

इन्धन खपत घटाउन निगमको प्रस्ताव : जोर–बिजोर प्रणाली लागू गरौं, सातामा २ दिन बिदा दिऔं

काठमाडौं, चैत १५ : नेपाल आयल निगमले इन्धनको खपत घटाउन विभिन्न प्रस्ताव राख्दै सरकारलाई पत्राचार गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि घाटामा चलेको...
इन्धन खपत घटाउन निगमको प्रस्ताव : जोर–बिजोर प्रणाली लागू गरौं, सातामा २ दिन बिदा दिऔं

काठमाडौं, चैत १५ : नेपाल आयल निगमले इन्धनको खपत घटाउन विभिन्न प्रस्ताव राख्दै सरकारलाई पत्राचार गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि घाटामा चलेको निगमले इन्धन आयात कम गर्नका लागि विभिन्न माग राख्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयलाई पत्राचार गरेको हो। 

निगमका प्रवक्ता विनितमणी उपाध्यायका अनुसार अत्यावश्यकबाहेकका सवारी साधनमा जोरबिजोर प्रणाली देखि सातामा दुई दिनसम्म बिदा दिन माग गर्दै मन्त्रालयमा पत्राचार गरिएको हो । यसो गर्नाले इन्धनको माग घट्ने र निगममाथि पर्ने दबाब केही कम हुने उनले बताए।

त्यस्तै इन्धन आयातमा सरकारले लिने कर पनि घटाउन निगमले माग गरेको छ।  ‘सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको भन्सार शूल्क, मूल्य अभिवृद्धि कर, पूर्वाधार कर लगायतका कर केही समयका लागि हटाउनुपर्छ,’ पत्रमा उल्लेख गरिएको छ।

पेट्रोलियम पदार्थबाट चल्ने उद्योगधन्दा, कलकारखाना पेट्रोलियम पदार्थबाट चल्ने सवारीको आयात निरूत्साहित गर्नुपर्ने, ठूला उद्योग, होटल जस्ता क्षेत्रमा हुने पेट्रोलियम पदार्थको प्रयोग समेत कटौती गर्न÷गराउन सरकारसँग माग राखेको छ। 

यसो नगरिएमा निगमलाई महिनामा करिब १० अर्ब रुपैयाँ घाटा हुने र यसबाट देशको आर्थिक स्थितीलाई नै असर गर्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।  

प्रकाशित मिति: १४:५२ बजे, मंगलबार, चैत १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्