Kathmandu Press

अब बजारमा ६५० र ५०० एमजीका पारासिटामोल उपलब्ध हुने 

काठमाडौं, चैत १५ : नेपाल औषधि उत्पादक संघ (एपोन) ले ६५० एमजीको पारासिटामोल दर्ता गर्न अनुमति दिएको छ । ६५० एमजीको पारासिटामोलको दर्ताको विषयमा बजारमा...
अब बजारमा ६५० र ५०० एमजीका पारासिटामोल उपलब्ध हुने 

काठमाडौं, चैत १५ : नेपाल औषधि उत्पादक संघ (एपोन) ले ६५० एमजीको पारासिटामोल दर्ता गर्न अनुमति दिएको छ । 

६५० एमजीको पारासिटामोलको दर्ताको विषयमा बजारमा आएका टिकाटिप्पणी प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको एपोनले जनाएको छ । एपोनका अनुसार, औषधि सल्लाहकार समितिको निर्णय अनुसार, बजारमा ६५० एमजीका साथै ५०० एमजीको पारासिटामोल पनि उपलब्ध हुनेछ । 

एपोनका अध्यक्ष प्रज्वलजंग पाण्डे र महासचिव विप्लव अधिकारीद्वारा जारी विज्ञप्तिमा सल्लाहकार समितिको निर्णय विश्वव्यापी मान्यता प्राप्त फर्माकोपिया तथा युएसएफडीएमा प्रकाशित भइसकेको र नेपालले पनि उक्त फर्माकोपियालाई मान्यता दिईसकेको अवस्था भन्दै अनावश्यक टिप्पणी नगर्न आग्रह समेत गरेको छ ।

‘अहिले कतिपयले पारासिटामोल ५०० एमजी लाई बिस्थापित गरि ६५० एमजी मात्र उत्पादन गर्ने भन्ने भ्रमपुर्ण अभिब्यक्तिहरु देखिएको छ । त्यसो होईन, ५०० एमजी को उत्पादन निरन्तर भई ६५० एमजी पनि उत्पादन गर्नको लागी अनुमति प्रदान हो । त्यसैले बजारमा ५०० एमजी पनि अभाव नहुने र आवश्यकता अनुसार ६५० एमजी पनि उपलब्ध हुने छ,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

एपोनले कोभिडको समयमा समेत नेपाल तथा बिभिन्न राष्ट्रहरूमा चिकित्सकहरूले पारासिटामोलको ६५० एमजी मात्र नभई १००० एमजी सम्मको डोज समेत आवश्यकताका अनुसार प्रयोगका लागि सिफारिस गरेको दावी गरेको छ । गत १० चैतमा बसेको औषधि सल्लाहकार समितिको बैठकले विभागलाई ६५० एमजीको पारासिटामोल दर्ता गर्न निर्णय गरेको थियो ।
 

प्रकाशित मिति: १४:०२ बजे, मंगलबार, चैत १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्