सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो
काठमाडौं, असोज १५ : सुनको मूल्य फेरि वृद्धि भएको छ। मंगलबार केही गिरावट आएको सुनको मूल्य बुधबार प्रतितोला ६ सय रुपैयाँले बढेको छ।
....
काठमाडौं, असोज १५ : सुनको मूल्य फेरि वृद्धि भएको छ। मंगलबार केही गिरावट आएको सुनको मूल्य बुधबार प्रतितोला ६ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ६९ हजार ८०० रुपैयाँ कायम भएको छ। मंगलबार छापावाला सुन प्रतितोला ६९ हजार २०० रुपैयाँमा खरिद विक्री भएको थियो।
त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला ६९ हजार ५०० रुपैयाँ निर्धारण भएको छ। मंगलबार तेजाबी सुन प्रतितोला ६८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ। चाँदी प्रतितोला १० ले बढेर ८३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
प्रकाशित मिति: १३:४३ बजे, बुधबार, असोज १५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
