नेपाल प्रहरीका ६ जना एसपीको काज सरुवा, अख्तियारमा राजन अधिकारी
काठमाडौं, चैत १५ : नेपाल प्रहरीका ६ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै आवश्यकता अनुसार काज...
काठमाडौं, चैत १५ : नेपाल प्रहरीका ६ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा भएको छ।
प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै आवश्यकता अनुसार काज खटाउनुपर्ने भएकाले ६ जनालाई सरुवा गरिएको जानकारी दिएको छ।
प्रहरी प्रधान कार्यालयले मोरङमा शान्तिराज कोइराला, सिन्धुपाल्चोकमा रामेशवरप्रसाद यादव, पश्चिम नवलपरासीमा काँशीराम कंडेल, अख्तियारमा राजन अधिकारी, रानीपोखरीमा जनार्दन जिसी र गण्डकीको सशस्त्र प्रहरी गण मुख्यालयमा मनोजकुमार यादवलाई पठाएको हो।

प्रकाशित मिति: ११:२६ बजे, मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











