स्थानीय चुनावका लागि कल सेन्टर सञ्चालन गरिँदै
काठमाडौं, चैत १५ : स्थानीय तहको निर्वाचनका लागि आजदेखि कल सेन्टर सञ्चालन हुन लागेको छ।निर्वाचन आयोगले स्थानीय तह निर्वाचनसँग सम्बन्धित गुनासा तथा जानकारीका...
काठमाडौं, चैत १५ : स्थानीय तहको निर्वाचनका लागि आजदेखि कल सेन्टर सञ्चालन हुन लागेको छ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनसँग सम्बन्धित गुनासा तथा जानकारीका लागि कल सेन्टर सञ्चालन गर्न लागिएको जनाएको छ। स्थानीय निर्वाचन सम्बन्धी सर्वसाधारणको जिज्ञासा सम्बोधन गरिने भएको छ।
यसका लागि आयोगले ११०२ नम्बरको व्यवस्था गरेको छ। यनसमा निःशुल्क फोन गरेर निर्वाचन सम्बन्धी गुनासो, जानकारी दिन सकिनेछ।
यो कल सेन्टर स्थानीय तहको निर्वाचनसम्मका लागि मात्रै सञ्चालन हुने आयोगले जनाएको छ। स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदै छ।
प्रकाशित मिति: ०८:५६ बजे, मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











