चुनावी गठबन्धनबारे कांग्रेसले आज निर्णय गर्ने
काठमाडौं, चैत १५ : चुनावी गठबन्धनका विषयमा कांग्रेसले आज निर्णय गर्ने प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन्।नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चैत ११...
काठमाडौं, चैत १५ : चुनावी गठबन्धनका विषयमा कांग्रेसले आज निर्णय गर्ने प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन्।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चैत ११ गतेदेखि जारी छ। सोमबार बसेको बैठकमा केन्द्रीय सदस्यहरुले चुनाव गठबन्धनका विषयमा बोलेका थिए।
सबैको बोल्ने क्रम सकिएको र आज निर्णय हुने कांग्रेस प्रवक्ता डा. महतले बताए। सबैले साथीहरुले आफ्नो धारणा राखिसकेका छन्, उनले भने, चुनावी गठबन्धनका विषयमा आज निर्णय गर्छौं।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज अपराह्न ३ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। यसअघिका तीन दिन बिहान ११ः३० बजेदेखि नै बैठक सुरु भएको थियो।
कांग्रेसका अधिकांश केन्द्रीय सदस्यले गठबन्धनमा जोड दिएका छन्। केहीले आवश्यकताका आधारमा स्थानीय तहलाई नै गठबन्धन गर्ने जिम्मा दिनुपर्ने बताएका छन्। केही नेताले भने कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएका छन्।











