Kathmandu Press

आईपीएल: लखनउ जाइन्ट्समाथि गुजरात टाइटन्सको जित

काठमाडौं, चैत १५ : आईपीएलको नयाँ टिम गुजरात टाइटन्सले प्रतियोगिताको सुरुआत जितका साथ गरेको छ।गएराति भएको पहिलो खेलमा अर्को नयाँ टिम लखनउ सुपरजाइन्ट्सलाई...
आईपीएल: लखनउ जाइन्ट्समाथि गुजरात टाइटन्सको जित

काठमाडौं, चैत १५ : आईपीएलको नयाँ टिम गुजरात टाइटन्सले प्रतियोगिताको सुरुआत जितका साथ गरेको छ।

गएराति भएको पहिलो खेलमा अर्को नयाँ टिम लखनउ सुपरजाइन्ट्सलाई ५ विकेटले हराएको छ। मुम्बईस्थित वान्खडे रंगशालामा भएको खेलमा लखनउले दिएको १५९ रनको लक्ष्य गुजरातले १९.४ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो।

गुजरातका लागि अलराउन्डर राहुल तिवेटियाले सर्वाधिक ४० रन बनाए। उनले २४ बलमा ५ चौका र २ छक्का प्रहार गरे। यस्तै, कप्तान हार्दिक पाण्ड्याले ३३ रन बनाउँदा म्याथु वाडे र डेविड मिलरले समान ३० रन बनाए।

लखनउका दुशमन्था चामीराले २ तथा आभेस खान, कुर्नाल पाण्ड्या र दीपक होडाले समान १ विकेट लिए।

यसअघि ब्याटिङ गरेको लखनउले ६ विकेट गुमाउँदै १५९ रन बनायो। २९ रन बनाउँदै ४ विकेट गुमाएको लखनउका लागि दीपक हुडा र आयुष बदोनीले अर्धशतक बनाएपछि चुनौतीपूर्ण स्कोर खडा गरेको हो।

हुँडा र बदोनीले पाँचौं विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए। हुडाले ४१ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५५ रन बनाउँदा बदोनीले ४१ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ५४ रन बनाए। बदोनीले आईपीएलको डेब्यूमै अर्धशतक बनाए।

यस्तै, कुर्नाल पाण्ड्याले १३ बलमा २१ रन बनाउँदा इभान लेविसले १० रन बनाए। गुजरातका मोहम्मद सामीले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए भने वरुण आरोनले २ विकेट लिए।

आईपीएल अन्तर्गत मंगलबार राजसस्थान रोयल्सले सनराइजर्स हैदरावादको सामना गर्नेछ।

प्रकाशित मिति: ०६:३७ बजे, मंगलबार, चैत १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्