Kathmandu Press

ओलीले राजावादीसँग भेटेर खतरनाक योजना बनाउने गरेको नेपालको खुलासा 

काठमाडौं, चैत १४ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादी शक्तिहरुसँग भेटेर खतरनाक योजना...
ओलीले राजावादीसँग भेटेर खतरनाक योजना बनाउने गरेको नेपालको खुलासा 

काठमाडौं, चैत १४ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादी शक्तिहरुसँग भेटेर खतरनाक योजना बनाउने गरेको बताएका छन्।

सोमबार काठमाडौंमा युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एमाले) का अध्यक्ष ओली राजावादी शक्तिहरुसँग मध्यरातमा अज्ञात ठाउँमा बसेर खतरनाक योजनाहरु बनाउने गरेको आरोप लगाएका हुन्।  

ओली विगतदेखि नै गणतन्त्रको पक्षमा नभएको पनि नेपालले बताए। अध्यक्ष नेपालले तत्कालीन समयमा आफू ओलीका विरुद्धमा चट्टानी अडानका साथ उभिएको पनि स्मरण गरे। नेपालले ओलीसँग विद्रोह गर्न नसकेकाहरु एमालेमा निरीह भएर बसेको टिप्पणी गरे।

प्रकाशित मिति: २१:०१ बजे, सोमबार, चैत १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्