Kathmandu Press

कोभिड संक्रमण वढेपछि चीनको साङ्घाईमा चरणबद्ध लकडाउन 

कोभिड संक्रमण वढेपछि चीनको साङ्घाईमा चरणबद्ध लकडाउन 
Hardik ivf

काठमाडौं, चैत १४ : चीनको सबैभन्दा ठूलो सहर साङ्घाईले नयाँ भेरियन्ट ओमिक्रोनका कारण फैलिएको कोभिड–१९ रोक्न चरणवद्ध लकडाउन गर्ने भएको छ ।

सोमबारदेखि सुरु हुने कोभिड परीक्षणको पाँच दिनका लागि यसको पूर्वी भागमा सुरूमा लकडाउन गरिने स्थानीय प्रशासनले जनाएको छ । त्यस्तै, पश्चिमी भागमा १ अप्रिलदेखि लकडाउन हुनेछ । २ करोड ५० लाख जनसङ्ख्या भएको महानगर पछिल्ला दिनमा राष्ट्रव्यापी प्रकोपको प्रमुख केन्द्र बनेको छ ।

चीनमा आइतबार एकै दिन कोभिडका चार हजार ५०० सङ्क्रमित देखिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा एक हजार कम हो । सङ्क्रमण बढेसँगै विभिन्न सहरमा लागू भएका लकडाउनका कारण दशौँ हजार  चिनियाँ  प्रभावित भएका छन् । 

प्रकाशित मिति: २०:११ बजे, सोमबार, चैत १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्