Kathmandu Press

एमालेले मात्र मुलुकको बिकासको काम गर्न सक्ने ओलीको दावी 

काठमाडौं, चैत १४ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मात्र मुलुकको बिकासको काम गर्न सक्ने दावी गरेका छन् ।सोमबार कपिलवस्तुको तौलिहवामा...
एमालेले मात्र मुलुकको बिकासको काम गर्न सक्ने ओलीको दावी 

काठमाडौं, चैत १४ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मात्र मुलुकको बिकासको काम गर्न सक्ने दावी गरेका छन् ।

सोमबार कपिलवस्तुको तौलिहवामा संघीय सांसद वृजेश कुमार गुप्ता लगाएतलाई एमाले प्रवेश गराउदै ओलीले एमालेको विजय देशको आर्थिक सामाजिक उन्नतीको लागि हुने समेत बताए ।

आगामी निर्वाचनमा एमालेले जिते मात्र शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारको विकास हुने उहाको भनाई छ ।  उनले हुलाकी राजमार्ग, सीमा जोड्ने सडक, भैरहवा अन्तराष्ट्रिय विमानस्थल, पोखरा विमान स्थल, देशमा तुईन विस्थापन जस्ता देश विकासको योजना आफ्नो पालामा भएको दाबी गरे । 

त्यस्तै उनले आगामी निर्वाचनमा सवै दल मिलेर आएपनि एमालेलाई पराजित गर्न नसक्ने धारणा राखे । कार्यक्रममा एमाले प्रवेश पछि बोल्दै संघीय सांसद वृजेश कुमार गुप्ताले मधेसको विकास र मधेसीको हितमा काम गर्ने दल एमाले मात्र भएको हुँदा कार्यकर्ता सहित प्रवेश गरेको बताए  । 

प्रकाशित मिति: १९:३३ बजे, सोमबार, चैत १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्