पूर्वमन्त्री गुप्ता एमाले प्रवेश
काठमाडौं, चैत १४ : पूर्वमन्त्री तथा सांसद् बृजेशकुमार गुप्ताले नेकपा (एमाले) प्रवेश गरेका छन् । हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीमा रहेका गुप्ता एमालेमा...
काठमाडौं, चैत १४ : पूर्वमन्त्री तथा सांसद् बृजेशकुमार गुप्ताले नेकपा (एमाले) प्रवेश गरेका छन् ।
हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीमा रहेका गुप्ता एमालेमा प्रवेश गरेका हुन् । उनलाई सोमबार अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।
उनीसँगै प्रदेश सांसद धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगपालिका–१ का वडाअध्यक्ष सुदीप पौडेल, वडा नम्बर ४ का वडाअध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडाअध्यक्ष ओमप्रकाश पाण्डेय लगायतका केहि नेता, कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन्।
प्रकाशित मिति: १८:२३ बजे, सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











