Kathmandu Press

स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नु जरूरी : नेता पाैडेल

काठमाडौं, चैत १४ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नु जरूरी रहेको बताएका छन्।पार्टी कार्यालय सानेपामा...
स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नु जरूरी : नेता पाैडेल

काठमाडौं, चैत १४ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नु जरूरी रहेको बताएका छन्।

पार्टी कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समितिको तेस्रो दिनको बैठकमा उनले गठबन्धन गरेर जाँदा नै पार्टीका लागि फाइदाजनक रहेको बताएका हुन्।

नेता पौडेलले भने गठबन्धन नगरी कांग्रेस एक्लै चुनावमा जाँदा एमालेलाई फाइदा हुने तर्क गरेका थिए।

‘एमालेलाई बलियो बनाउने काम हामीले गर्नहुन्न,’ उनको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘‘माओवादी केन्द्र र एकीकृत समाजवादीलाई अलिअलि मत थप्ने काममा कांग्रेसले सहयोग गरे केही फरक पर्दैन।’

गठबन्धन गरेर गए मात्र एमाले अध्यक्ष केपी ओलीलाई रोक्न सकिने उनजको भनाइ थियो।


चुनावमा गठबन्धन गरेर जानुपर्ने र एक्लै लड्नुपर्ने भन्ने दुईथरी मत कांग्रेसभित्र रहेका छन्। सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा छन् भने नेता शेखर कोइरालाले एक्लै चुनावमा जानुपर्ने भन्दै आएका छन्।

प्रकाशित मिति: १७:२१ बजे, सोमबार, चैत १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्