स्थानीय तहको निर्वाचनमा साना दलले आफ्नै चुनाव चिन्ह पाउने
काठमाडौं, चैत १४ : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा साना दलले पनि निर्वाचन चिन्ह पाउने भएका छन्। निर्वाचन आयोगको आइतबार बसेको बैठकले...
काठमाडौं, चैत १४ : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा साना दलले पनि निर्वाचन चिन्ह पाउने भएका छन्। निर्वाचन आयोगको आइतबार बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका साना दललाई चुनाव चिन्ह दिने निर्णय गरेको हो।
ती दलहरुले दर्ताको समयमा लिएको चुनाव चिन्हकै आधारमा स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने भएका छन्। साना दलहरुले भने आफ्नै चुनाव चिह्न पाउनुपर्ने माग गरेपछि आयोगले ती दलहरुसँग सांगठनिक संरचनाको विवरण मागेको थियो। दलहरुले बुझाएको विवरणका आधारमा आयोगले कुन जिल्लामा कति दल हुन्छन् भन्ने टुंगो लगाएको छ ।
स्थानीय तह निर्वाचनका लागि ७९ दल दर्ता भएका थिए । राजनीतिक दलसम्बन्धी ऐन अनुसार राष्ट्रिय मान्यताप्राप्त दलले मात्र आफ्नै चुनाव चिह्न पाउने व्यवस्था छ । साना दलहरुले भने आफ्नै चुनाव चिह्न पाउनुपर्ने माग गरेपछि आयोगले ती दललाई कुन कुन जिल्लामा संगठन संरचना छ भनी जिल्लागत विवरण माग गरेको थियो । त्यसका आधारमा आयोगले कुन जिल्लामा कति दल हुन्छन् भन्ने टुंगो लगाएको हो।
आयोगको निर्णयसँगै राष्ट्रिय मान्यताप्राप्त ६ दल र मान्यता नपाएका ४० दलले आगामी स्थानीय तहको निर्वाचनका लागि चुनाव चिन्ह पाएका छन्।











