आवश्यकताअनुसार गठबन्धन गरेर जानुपर्छ : महामन्त्री शर्मा
काठमाडौं, चैत १४ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आवश्यकताअनुसार गठबन्धन गरेर जानुपर्ने बताएका छन्।पार्टी कार्यालय सानेपामा आज (सोमबार) जारी केन्द्रीय समितिको तेस्रो दिनको...
काठमाडौं, चैत १४ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आवश्यकताअनुसार गठबन्धन गरेर जानुपर्ने बताएका छन्।
पार्टी कार्यालय सानेपामा साेमबार बसेकाे केन्द्रीय समितिकाे तेस्राे दिनकाे बैठकमा उनलेआवश्यकताअनुसार गठबन्धन गरेर जानुपर्नेमा जोड दिएका हुन्।
महामन्त्री शर्माले २०७४ सालको चुनावी मत परिणामको डाटालाई आधार मानेर हेर्दा कतै एमाले अगाडि रहेको कतै माओवादी केन्द्र अगाडि रहेको हुनाले आवश्यकताअनुसार गठबन्धन गर्दा उपयुक्त हुने बताए।
‘गठबन्धन गर्नै हुँदैन भन्ने कुरा उपयुक्त होइन,’ बैठकमा उनले भने, ‘मतभार हेरेर आवश्यक परेको ठाउँमा गठबन्धन गर्नेगरी कांग्रेस अगाडि बढ्नुपर्छ।’
प्रकाशित मिति: १७:०५ बजे, सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











