प्रदेश १ का सामुदायिक विद्यालयमा बस र छात्रावासको व्यवस्था गरिने
विराटनगर, असोज १५ : प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले तराईका सामुदायिक विद्यालयमा बस र पहाड तथा हिमाली क्षेत्रमा छात्रावासको व....

विराटनगर, असोज १५ : प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले तराईका सामुदायिक विद्यालयमा बस र पहाड तथा हिमाली क्षेत्रमा छात्रावासको व्यवस्था गरी विद्यालय एकीकरण गर्ने बताएका छन्।
सामाजिक विकास मन्त्रालयले गरेको कार्यक्रममा उनले विद्यार्थी कम हुने विद्यालयमा तीनदेखि चार हजारसम्मका छात्रछात्रालाई जम्मा गरी विद्यालय एकीकरण गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने जानकारी दिए।
उनले मन्त्रालयले प्रदेशका विभिन्न स्थानमा सर्पदंश उपचार सेवा विस्तार गरेको र सोही क्रममा विराटनगरको कोचाखालमा स्थापना गरिएको बताए। मन्त्री घिमिरेले विराटनगरको शहीद रङ्गशालामा रात्रिकालीन खेलका लागि स्थायीरूपमा ‘फ्लड लाइट’ राख्न ठेक्का प्रक्रिया लागेकाले आगामी फागुनभित्र सम्पन्न हुने जानकारी दिए। रासस












