Kathmandu Press

म गठबन्धनको पक्षमा छैन : महामन्त्री थापा

काठमाडौं, चैत १४ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू गठबन्धनको पक्षमा नरहेको बताएका छन्।सोमबार बसेको केन्द्रीय समिति बैठकमा उनले गठबन्धनलाई सैद्धान्तिक रुपमा...
म गठबन्धनको पक्षमा छैन : महामन्त्री थापा

काठमाडौं, चैत १४ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू गठबन्धनको पक्षमा नरहेको बताएका छन्।

पार्टी कार्यालय सानेपामा साेमबार बसेकाे केन्द्रीय समितिकाे तेस्राे दिनकाे बैठकमा उनले गठबन्धनलाई सैद्धान्तिक रुपमा पुष्टि गर्न नसकिने तर्क गर्दै आफू गठबन्धनको पक्षमा नरहेको स्पष्ट पारेका हुन्।

बैठकमा उनले भने, ‘म गठबन्धनको पक्षमा छैन। गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न सकिँदैन।’ 

देशभर लाखौ नयाँ मतदाता रहेको र उनीहरुलाई सुरुमा रुखमै भोट हाल्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए। 

पहिलो पटक मत हाल्ने मतदातालाई रुखमा भोट हाल्न लगाइएन भने त्यसपछिका निर्वाचनमा रुखमा भोट देला भनेर विश्वस्त हुन नसकिने उनको भनाइ थियो

‘अहिले हसिया–हथौडा र कलममा भोट हालेका मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्लान् त?’ उनले भने।

हिजो संविधान र लोकतन्त्रका लागि हतियार उठाएका कम्युनिस्ट पार्टीलाई कांग्रेसले नै शान्तिपूर्ण राजनीतिमा ल्याइएको उनको भनाइ थियो। अहिले कम्युनिस्टहरूलाई मिल्न नदिँदैमा संविधान र लोकतन्त्र जोगिन्छ भन्ने कुनै ग्यारेन्टी नभएको उनको उनले तर्क गरे।

प्रकाशित मिति: १६:४९ बजे, सोमबार, चैत १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्