Kathmandu Press

केपी ओलीलाई नायक बनाउँला भनेको खलनायक निस्किए : प्रचण्ड 

प्रचण्डले देश र जनताका लागि ठूलो सपना देखेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाइएको भएपनि केपी ओलीकै कारण सपना पूरा हुन नसकेको बताए। 
केपी ओलीलाई नायक बनाउँला भनेको खलनायक निस्किए : प्रचण्ड 

काठमाडौं, चैत १४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई नायक बनाउन खोज्दा खलनायक निस्केको बताएका छन्। 

रोल्पाको लेवाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले देश र जनताका लागि ठूलो सपना देखेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाइएको भएपनि केपी ओलीकै कारण सपना पूरा हुन नसकेको बताए। 

उनले नेपालमा कम्युनिस्ट आन्दोलन लोकप्रिय रहेको र एउटै कम्युनिस्ट पार्टी बनाएर शान्तिपूर्ण ढंगले समाजवादतिर जाँदा ४०÷५० वर्ष कम्युनिस्टहरुको शासन रहला भन्ठानेर नै एमालेसँग एकता गरेको बताए । ‘जसलाई हामीले धोइपखाली गरेर राम्रो बनाउन सकिएला कि भन्ठानिएको थियो, जसलाई नायक बनाउन सकिन्छ कि भन्ठानिएको थियो तर तिनि मान्छे खलनायक निक्ले। ति विदेशी दलाल देखापरे। र हामीले संघर्ष गर्नुपर्ने स्थिति देखापर्यो,’ उनले भने। 

उनले तत्कालीन समयमा नेकपाभित्रको अन्तरसंघर्षमा पराजित भएका ओलीले संविधान र व्यवस्थामाथि नै प्रहार गरेको बताए। पार्टीभित्र अल्पमतमा रहेका ओलीलाई हटाउन संसदीय दल र केन्द्रीय कमिटीको बहुमतले स्वीकृत गरेपनि निर्वाचन आयोग र संसद सचिवालयले समयमै निर्णय नगर्दा देश दुर्घटनातिर जाने खतरा पैदा भएको बताए। 

ओलीले पटकपटक देशलाई दुर्घटनातिर लगिएको र माओवादी केन्द्रले बचाएको उनले बताए। उनले अबको स्थानीय तहको निर्वाचनमा पुरै रोल्पा माअ‍ोवादीले कब्जा गर्नुपर्ने बताए। ‘रोल्पा पुरै माओवादी केन्द्रले कब्जा गर्नुपर्छ । अरुको लागि चुनाव हो, हाम्रो लडाईूँ हो । हामीले जित्दा जनयुद्धले जित्छ, हामीले हार्दा जनयुद्धले पनि हार्छ,’ उनले भने। 

प्रकाशित मिति: १६:४४ बजे, सोमबार, चैत १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्