Kathmandu Press

रोल्पा लालकिल्ला थियो, छ र रहिरहनेछ : प्रचण्ड

काठमाडौं, चैत १४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धकालदेखि नै रोल्पा माओवादीको लालकिल्ला रहँदै आएको बताएका छन् । सोमबार रोल्पामा आयोजित...
रोल्पा लालकिल्ला थियो, छ र रहिरहनेछ : प्रचण्ड
फाइल तस्बिर

काठमाडौं, चैत १४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धकालदेखि नै रोल्पा माओवादीको लालकिल्ला रहँदै आएको बताएका छन् । 

सोमबार रोल्पामा आयोजित वृहत जनसभालाई सम्बोधनको क्रममा प्रचण्डले अहिले पनि रोल्पा माओवादी केन्द्रको लालकिल्ला रहेको बताउँदै आगामी दिनमा पनि रहिरहने बताएका हुन्। ‘रोल्पा लाल किल्ला थियो, लालकिल्ला छ र आगामी दिनमा पनि रहिरहनेछ,’ उनले भने।

प्रचण्डले पार्टी संकटमा परेको बेला रोल्पाको भूमिका ऐतिहासिक हुने स्मरण गरे। उनले रोल्पाबाटै आफूले ठूलो शक्ति प्राप्त गर्ने पनि बताए। ‘हरेक पटक जब आन्दोलनमा अप्ठ्यारो आउँथ्यो, पार्टी हेडक्वार्टरको तर्फबाट म रोल्पा रुकुम आउँथे। गाउँघरमा अन्तरक्रिया हुन्थ्यो, सहकार्य हुन्थ्यो। तपाईहरुले दिएको खाएर, दिएको सुरक्षामा बसेर, मैले यहाँबाट निकै ठूलो शक्ति प्राप्त गर्थेँ,’ उनले भने।

उनले जनयुद्ध सुरु गर्नुअघि र सुरु भएपछि तत्कालीन राज्यले रोल्पामा थुप्रै अपरेसन चलाउँदा जनता र कार्यकर्ताले  आतंकको सामना गर्नुपरेको। बताए। ‘युद्ध दस वर्षसम्म जसरी अगाडि बढ्यो, केन्द्रीय आधारइलाकाका जनताको यहाँका पार्टी र कार्यकर्ताको भूमिका ऐतिहासिक छ, ऐतिहासिक थियो र मलाई विश्वास छ ऐतिहासिक नै रहिराख्नेछ,’ प्रचण्डले भने। 

प्रचण्डले भ्यूटावरको उद्घाटन गर्दैगर्दा रोल्पाको जनता र यहाँको पार्टी क्रान्तिकारी परिवर्तनको निम्ति मात्रै प्रतिवद्ध नभइविकास र निर्माणका काममा पनि रोल्पाले अग्रणी भूमिका खेल्न सक्छ भन्ने पुष्टि भएको बताए।
 

प्रकाशित मिति: १६:११ बजे, सोमबार, चैत १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्