त्रिकोणात्मक सिरिजमा नेपालको विजयी सुरुआत, पुपुवा न्युगिनी १५ रनले पराजित
टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पुपुवा न्युगिनीले १९.२ ओभरमा अल आउट हुँदै १६८ रन मात्र बनाउन सक्यो।
काठमाडाैं, चैत १४ : टियु मैदानमा जारी टी-२० क्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल विजयी भएको छ। सोमबार भएको खेलमा नेपालले पपुवा न्युगिनीमाथि १५ रनको जित निकाल्यो।
टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पुपुवा न्युगिनीले १९.२ ओभरमा अल आउट हुँदै १६८ रन मात्र बनाउन सक्यो।
उसका लागि नोर्मन भानुआले अर्धशकीय योगदान दिए। उनले २९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । यस्तै, सेसे बाउले ३० तथा चालर्सल अमिनीले २२ र लेगा सिअकाले २१ रन बनाए।
नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिए। सन्दीपलले ४ ओभरमा २२ रन खर्चँदा करणले ४४ रन खर्चिए। यस्तै, अविनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए भने सोमपाल कामीले १ विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको नेपालले गरेको नेपाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १८३ रन बनायो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ४३ रन बनाए। उनले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
यस्तै, रोहित पौडेलले २६ बलमा ३५ रन बनाउँदा आरिफ सेखले २२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३१ रन बनाए। कुशल भुर्तेलले ११ बलमा २० रन बनाउँदा करण केसीले ७ बलमा १४ रन बनाए।
पपुवा न्युगिनीका अलेइ नाओ, चाड सुपर र चार्लस अमिनीले समान २ विकट लिए।
कुशलको विश्व कीर्तिमान
नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले टी-२० अन्तर्राष्ट्रिय विश्व कीर्तिमान बनाएका छन्। टियु मैदानमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा पपुवा न्युगिनीसँग २ रन बनाएसँगै कुशलले विश्व कीर्तिमान बनाएका हुन्।
कुशल टी-२० अन्तर्राष्ट्रियमा सार्वधिक छिटो ५ सय रन बनाउने खेलाडी बनेका छन्। उनले १२ खेलमा यो ५ सय रन बनाउँदै यो उपलब्धि हाँसिल गरेका हुन्।
यसक्रममा कुशलले भारतीय ओपनर केएल राहुललाई पछि पारे। राहुलले १३ खेलमा टी-२० क्रिकेटमा ५ सय रन पुरा गरेका थिए। कुल ५१८ रन बनाएका उनले ५ अर्धशतक र १ शतक प्रहार गरेका छन्। गत वर्ष टियू मैदानमै भएको नेदरल्यान्डस र मलेसियाविरुद्धको त्रिकोणात्मक सिरिजमार्फत कशुलले टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए।











