Kathmandu Press

ह्वाइट हाउस प्रवक्ता कोरोना भाइरसबाट सङ्क्रमित

वासिङ्टन, चैत १४ : अमेरिकी राष्ट्रपतिको कार्यालय प्रवक्ता करिन जेन पिएर्रे पनि कोरोना भाइरसबाट सङ्क्रमित भएकी छन्।उनलाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि आइतबार राति भएको...
ह्वाइट हाउस प्रवक्ता कोरोना भाइरसबाट सङ्क्रमित

वासिङ्टन, चैत १४ : अमेरिकी राष्ट्रपतिको कार्यालय प्रवक्ता करिन जेन पिएर्रे पनि कोरोना भाइरसबाट सङ्क्रमित भएकी छन्।

उनलाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि आइतबार राति भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । 

उनले आफूलाई सङ्क्रमण भएको पुष्टि भए पनि स्वास्थ्यमा कुनै समस्या नभएको स्पष्ट पारेकी छन्।

'मैले अतिरिक्त खोप पनि लगाएकाले होला, मलाई स्वास्थ्यमा कुनै समस्या छैन, सामान्य लक्षण मात्रै देखिएको छ,' सामाजिक सञ्जालमा उनले लेखेकी छन्।

राष्ट्रपति कार्यालयको यस सम्बन्धी नियमअनुसार आफूले कम्तीमा पाँच दिन घरमै आइसोलेसनमा बसेर काम गर्ने पनि उनले स्पष्ट पारेकी छन्।

४४ वर्षीया पिएर्रे यसअघि केही महिना अगाडि पनि कोरोना भाइरसबाट सङ्क्रमित भइसकेकी छन्।

प्रकाशित मिति: १६:०४ बजे, सोमबार, चैत १४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्