Kathmandu Press

चार एसियाली राष्ट्रका विदेशमन्त्रीले चीन भ्रमण गर्ने

बेइजिङ, चैत १४ : चार एसियाली राष्ट्रका विदेशमन्त्री चीन भ्रमणमा गर्ने भएका छन्।चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीको निमन्त्रणामा इन्डोनेसियाका विदेशमन्त्री रेत्नो...
चार एसियाली राष्ट्रका विदेशमन्त्रीले चीन भ्रमण गर्ने
Hardik ivf

बेइजिङ, चैत १४ : चार एसियाली राष्ट्रका विदेशमन्त्री चीन भ्रमणमा गर्ने भएका छन्।

चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीको निमन्त्रणामा इन्डोनेसियाका विदेशमन्त्री रेत्नो मार्सुदी, थाइल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री डोन प्रमुद्विनाइ र म्यानमारका विदेश मन्त्री उ वुन्ना माउङ ल्विनले मार्च ३१ देखि अप्रिल ३ सम्म चीनको भ्रमण गर्ने जनाइएको छ।

त्यसैगरी चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार जनाएअनुसार पनामाका विदेशमन्त्री एरिका माउनेसले पनि अप्रिल ४ मा चीनको भ्रमण गर्नेछन्।

प्रकाशित मिति: १५:३६ बजे, सोमबार, चैत १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्