Kathmandu Press

भारतीय विदेशमन्त्री श्रीलंका भ्रमणमा

कोलम्बो, चैत १४ : भारतका विदेश मन्त्री एस जयशंकर श्रीलंका आइगेका छन्।श्रीलङ्काको राजधानी कोलम्बो आए लगत्तै उहाँले श्रीलङ्काका अर्थ मन्त्री बसिल राजापाक्षसँग भेटवार्ता गरेका...
भारतीय विदेशमन्त्री श्रीलंका भ्रमणमा

कोलम्बो, चैत १४ : भारतका विदेश मन्त्री एस जयशंकर श्रीलंका आइगेका छन्।

श्रीलङ्काको राजधानी कोलम्बो आए लगत्तै उहाँले श्रीलङ्काका अर्थ मन्त्री बसिल राजापाक्षसँग भेटवार्ता गरेका छन्।

आर्थिक सङ्कटमा परेको श्रीलङ्काको आर्थिक अवस्थामा कसरी सुधार ल्याउने भन्ने बारेमा उहाँहरूका बीचमा छलफल भएको अधिकारीहरूले जनाएका छन्।

भेटका क्रममा श्रीलङ्कालाई भारतले के कसरी सहयोग गर्न सक्छ भन्ने बारेमा छलफल भएको र भारतको तर्फबाट सहयोगको बचन दिएको उनीहरूको भनाइ छ ।

विदेश मन्त्री जयशंकरले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो भेटवार्ताका बारेमा जानकारी दिएका छन्।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पनि गत शुक्रबार श्रीलङ्काको आर्थिक सङ्कट व्यवस्थापनका लागि सबैलाई अनुरोध गरेको थियो ।

बिमस्टेक बैठकमा सहभागी हुनका लागि श्रीलङ्का आएको मौकामा विदेशमन्त्री जयशंकरले भेटवार्ता गरेका हुन्। उनी यही मार्च २८ देखि ३० सम्म श्रीलङ्कामा रहनेछन्। मार्च २९ मा बिमस्टेकको बैठक आयोजना गरिएको छ।   

प्रकाशित मिति: १४:४५ बजे, सोमबार, चैत १४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्