Kathmandu Press

कांग्रेसको केन्द्रीय समिति बैठक सानेपामा जारी

काठमाडौं, चैत १४ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। शुक्रबार सुरु भएको बैठक आज (सोमबार) तेस्रो दिन...
कांग्रेसको केन्द्रीय समिति बैठक सानेपामा जारी

काठमाडौं, चैत १४ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। 

शुक्रबार सुरु भएको बैठक आज (सोमबार) तेस्रो दिन पौने १ बजेतिर सुरु भएको हो। आउँदो वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानमा जिल्लाजिल्लामा खटिएका केन्द्रीय सदस्यहरूले शुक्रबार र आइतबारको बैठकमा ब्रिफिङ गरेर प्रतिवेदन बुझाइसकेका छन्। बाँकी नेताले धारणा राख्ने क्रम जारी छ।

अधिकांश केन्द्रीय सदस्यले कांग्रेसले आवश्यकताको आधारमा चुनावी गठबन्धन गर्नुपर्ने धारणा राखेका छन्।

आजको बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएलगत्तै पदाधिकारीले धारणा राख्दैछन्। बैठक आजै समापन गर्ने तयारी भइरहेकाे छ। तर बैठकको निर्णय भने भोलि (मंगलबार) मात्रै सार्वजनिक गर्ने जनाइएको छ।

आजको बैठकले स्थानीय निर्वाचनमा तालमेलका लागि सैद्धान्तिक निर्णय लिने नेताहरूले बताएका छन्। आजको बैठकले आगामी चुनावका लागि उम्मेदवार छनोट गर्न संसदीय समिति पनि गठन गर्ने नेताहरूकाे भनाइ छ। 

प्रकाशित मिति: १३:३७ बजे, सोमबार, चैत १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्