Kathmandu Press

मोरङबाट १३ किलो चाँदीका गहना लुट्ने गिरोह पक्राउ 

मोरङ, चैत १४ : मोरङ प्रहरीले १३ किलो चाँदीका गहना लुट्ने गिरोहलाई पक्राउ गरेको छ। आइतबार इलाका  प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले गहनासहित...
मोरङबाट १३ किलो चाँदीका गहना लुट्ने गिरोह पक्राउ 

मोरङ, चैत १४ : मोरङ प्रहरीले १३ किलो चाँदीका गहना लुट्ने गिरोहलाई पक्राउ गरेको छ। आइतबार इलाका  प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले गहनासहित ४ जनालाई नियन्त्रणमा लिएको हो। 

पक्राउ पर्नेहरुमा दमक नगरपालिका–३ का २४ वर्षीय सविन विक, सुनसरीको इटहरी उपमहानगरपालिका– ५ का २४ वर्षीय बादल विक, महोत्तरीको बर्दिवास नगरपालिका–१ का ३४ वर्षीय मनोज ठाकुर र उदयपुरको रौतामाई गाउँपालिका–६ का २४ वर्षीय बिशाल विक रहेका छन्।

प्रहरीका अनुसार चैत ८ गते दमक–१ स्थित पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्सका कर्मचारी ओम कालिकोटे लुटिएका थिए। चाँदीका गरगहना  बोकेर पूर्वबाट पश्चिम आउँदा मोरङको बेलबारी नगरपालिका–४ बेतना सडक खण्डमा उनी लुटिएका थिए। चारजनाको समूहमा आएका व्यक्तिहरुले कालिकोटेसँग भएको चाँदीका गहना लुटेर फरार भएका थिए।

आइतबार पक्राउ परेका चारै जनाविरुद्ध जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।  
 

प्रकाशित मिति: १२:५८ बजे, सोमबार, चैत १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्