Kathmandu Press

इजरायलका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

जेरुसेलम, चैत १४ : इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोना भाइरसको सङ्क्रमण भएका छन्।प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारीअनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै...
इजरायलका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

जेरुसेलम, चैत १४ : इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोना भाइरसको सङ्क्रमण भएका छन्।

प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारीअनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उनलाई सङ्क्रमण पुष्टि भएको हो।

Hardik ivf

'हिस्टोरिक समिट' का क्रममा उनीहरूका बीचमा आइतबार साइडलाइन भेटवार्ता भएको अधिकारीहरूले जनाएका छन्। समिति इजरायलको जेरुसेलममै भएको थियो।

उनले अस्वस्थ महसुस गरेपछि एकान्तवास मै रहेर आफ्ना काम गरिरहेको र तत्काल अरुसँग भौतिक सम्पर्कमा नरहने निर्णय गरेको जनाइएको छ ।  

उनी त्यसअघि इजरायलकै उत्तरी सहर हाडेराको भ्रमणमा पनि जाएका थिए। त्यहाँ इस्लामी स्टेटका लडाकुहरूको आक्रमणमा परी दुई प्रहरी मारिएका थिए ।

घटनाका बारेमा उहाँले आइतबार राती रक्षा तथा सार्वजनिक सुरक्षा मन्त्री, सेना प्रमुख र अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि छलफल गरेका थिए।

प्रकाशित मिति: १२:५५ बजे, सोमबार, चैत १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्